असार ६ । नायिका निरिषा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन्। निरिषाका पिता नायक विश्व बस्नेतले कोरोना संक्रमणबाट मुक्त भएको बताएका छन्।
केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिषा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन्।
उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन्। नायक विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन्।
नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी यी सुन्दरी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन्। उनले केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन्।
Facebook Comments


























