काठमाडौं, असार ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले विदेशी बुहारीलाई सात वर्ष पछाडि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ।
संघीय संसदको राज्य व्यवस्था र सुशासन समितिले आइतबारसम्म यसबारे सहमति जुटाउन समय दिएको छ। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिलेकै व्यवस्था चलाउन नहुने अडान लिएको छ। प्रतिपक्षी दलको असहमतिका कारण अंगीकृत नागरिकतबाारे सहमति जुट्न सकेको छैन।
Facebook Comments


























