चितवन, असार ६ । विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै संक्रमणमुक्त भएका छन्। ८७ लाख ६५ हजार ३ सय ९४ जना सङ्क्रिमत रहेकोमा ४६ लाख २७ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका हुन्। सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ४ सय ८१ को भने ज्यान गएको छ।
सबैभन्दा धेरै अमेरिकामा २२ लाख ९७ हजार १ सय ९० जना सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार ६१ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा १ लाख २१ हजार ४ सय ७ जनाले ज्यान गुमाएका छन्।
सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिल रहेहाे छ। ब्राजिलमा मात्रै १० लाख ३८ हजार ५ सय ६८ जनामा संक्रमण देखिएकाे छ भने पाँचलाख २० हजार ३६० जना संक्रमणबाट मुक्त भएका छन्। ब्राजिलमा मृत्यु हुनेकाे संख्या भने ४९ हजार ९० जना पुगेकाे छ।
नेपालकाे लागि छिमेकी मुलुक भारतमा झण्डै ३ लाख ९५ हजार ८ सय १२ जनामा संक्रमण पुष्टि भएकाे छ भने २ लाख १४ हजार २ सय ६ जना संक्रमणबाट मुक्त भएका छन्। मृत्यु हुनेकाे संख्या भने १२ हजार ९ सय ७० पुगेको विश्वमा काेराेना भाइरसकाे ताजा जानकारी दिँदै आएकाे ‘वर्ल्डाेमिटर’ले जनाएको छ।
यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ। संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गरेका छन्।


























