तुलसीपुर, असार ५ । जेसिबी जलाएको आसंकामा प्रहरीले विप्वल समुहका इन्चार्जलाई पक्राउ गरेको छ। प्रतिबन्धित नेपाल कम्युनष्टि पार्टीका बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई बिजौरीबाट बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
उनलाई केहि समय अघि तुलसीपुरको ग्वारखोलामा जेसिबीमा आगजनी गरेको आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। ‘पैसा पनि लैजाने स्काभेटरमा पनि आगो लगाउने यस्तालाई छोड्नु हुन्न।’ एक प्रहरी अधिकारीले भने। ग्वारखोला र देउखुरीमा गरी ६ वटा जेसिबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीले आशंका गरेको छ।
Facebook Comments


























