मुम्बई, असार ५ । साउथ फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालको आज जन्मदिन परेको छ। सन् १९८५ जुन १९ मा मुम्बईमा जन्मिएकी अभिनेत्री अग्रवाल आजबाट ३४ बर्षमा लागेकी छिन्। उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन्।
उनले बलिउडमा सिंघम फिल्मबाट डेब्यु गरेकी थिइन्। बलिउड फिल्मबाट त्यति चर्चामा आउन नसकेकी काजल साउथ फिल्मबाट चर्चामा आइन्। उनले फिल्मी यात्रा सुरु गर्नुअघि विज्ञापनमा काम गर्ने गर्थिन्। उनको करिअरकै सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ। उनले हालसम्म ४० बढी फिल्ममा अभिनय गरिसकेकी छिन्।
Facebook Comments


























