असार ५ । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ।
नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार फेसबुकले हटाएको हो। उक्त प्रचार सामग्रीले घृणा फैलाउन खोजेकाले हटाइएको फेसबुकले प्रष्ट्याएको छ।
ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ।
तर ट्रम्पको चुनावी अभियानका पक्षधरहरूले भने फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ। एजेन्सी
Facebook Comments


























