काठमाडौं, असार ४ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ। सुन आज प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ। यो बुधबारकै मूल्य हो। सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो।
आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो। सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो।
बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
गतहप्ता बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो। चाँदीको मूल्य आज ५ रुपैयाँले वढेर प्रतितोला ९३५ मा कारोबार भइरहेको छ। लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो।


























