बुटवल, असार २ । बुटवल-तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन्।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाइते भएका हुन्।
उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ। ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ।
घाइतेहरू सबै पाल्पा तिनाउ गाउपालिका ३ दोभानका रहेको ट्राफिक प्रहरी कार्यालयका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments


























