भोजपुर, असार २ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे औलियाका २१ वर्षीय विकाश राई (किँराती) लाई प्रहरीले पक्राउ गरेको हो।
विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी भोजपुरका जिल्ला अध्यक्ष एवम् जिल्ला समिति सदस्य समेत रहेका राईलाई गत आइतबार च्याङ्ग्रेको साङपाङडाँडामा सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरी भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २० दिनको म्याद थप राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























