कैलाली, असार १ । कैलालीमा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या भएको छ। गौरीगंगा नगरपालिका–६ स्थित २१ वर्षीय दीपक खड्काको हत्या भएको हो।
२१ वर्षीय बेजन विक र गोदावरी नगरपालिका–९ बस्ने २८ वर्षीय दीपकराज जोशीले हँसिया प्रहार गर्दा सख्त घाइते भएका खड्काको मायामेट्रो अस्पताल धनगढीमा समान्य उपचारपछि नर्सिङहोम नेपालगन्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। धारिलो हतियार प्रहार गर्ने २८ वर्षीय दीपकराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बेजन विकलाई खोजी गरिरहेको छ।
Facebook Comments


























