असार १ । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमन्यम स्वामीले नेपाल मामिलामा भारतको विदेश नीति असफल भएको बताएका छन्।
भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा नेपालमा त्यसको चर्को आलोचना भइरहेका बेला भाजपा नेता स्वामीले ट्वीट गर्दै आफ्नो मुलुकको विदेश नीति पुनरावलोकनसमेत जरूरी भएको बताएका छन्।
‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्याएको छ?’, उनले ट्वीटमा प्रश्न गरेका छन्, ‘किन नेपालीहरु भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकन गर्न जरूरी छ।’
भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारेको नयाँ नक्सालाई अनुसूचिमा अनुसूचिमा राख्न शनिबार प्रतिनिधिसभाबाट संविधान संसोधन विधेयक पारित भएपछि स्वामीको यस्तो धारणा बाहिरिएको हो।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






