काठमाडौं, असार १ । बिहिबारदेखि स्थिर रहेको सुनको मुल्य सोमबार बढेको छ।
तीनदिन देखि स्थिर रहेको छापावाला सुनको मूल्य सोमबार तोलामा १ सय रुपैँयाले बढेर ८९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रतितोला ८९ हजार ६ सय मा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको छ। भने चाँदी आइतबारको तुलनामा १० रुपैयाले घटेर प्रतितोला ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Facebook Comments


























