काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन्। वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे।
“लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो। तर, मनखुशी चल्ने गरेमा आफूसँगै परिवार र समाजमा समस्या आउँछ”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन मार्फत् कक्षा शुरु गरिने बताए। माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको र शिक्षण प्रणालीमा समेत महामारीकै कारण नयाँ अभ्यास शुरु भएको बताए।
प्रधानमन्त्री ओलीले अहिले प्रत्यक्ष प्रशारण मार्फत् सम्बोधन गरिरहेका छन्।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











