काठमाडौं, जेष्ठ ३१ । काठमाडौँको माइतीघर मण्डला चोकबाट चार विदेशी नागरिक पक्राउ परेका छन्। अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलन हुँदै आइरहेको छ। आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन।
पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ। हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ।
Facebook Comments


























