हेटौंडा, जेष्ठ ३१ । वाग्मती प्रदेशमा शुक्रवार एक दिनमै ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय ८४ पुगेको छ।
प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौंमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईंंले जानकारी दिए।
उनकाअनुसार प्रदेशका कोरोना संक्रमितमध्ये ४३ जना उपचारपछि घर फर्किएका छन्। प्रदेशमा देशको कुल संक्रमणको करीब चार प्रतिशत संक्रमण छ। प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ।
हालसम्म नेपालमा ५ हजार ६२ जनामा कोरोना संक्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ। रासस
Facebook Comments


























