जेष्ठ ३१ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी आइपजिगले सहज जीत हात पारेको छ।
शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
जीतसँगै आरबी लाइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंगको दूरी एक अंकमा झारेको छ।
खेलको सुरुवातमै डानी ओल्मोले दुई गोल गरेपछि लाइपजिगले सहज जीत निकाल्यो। उनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै पाहुना टोलीलाई सहज जीत दिलाएका हुन। नवौं मिनेटमा पहिलो गोल गरेका उनले ११ औं मिनेटमा दोस्रो गोल थपेका थिए।
खेलको सुरुवातमा रेफ्रीले होफेनहाइमबिरुद्ध ताइपजिगलाई पेनाल्टीको अवसर दिएका थिए। तर भिडियो सहायक रेफ्री भारको समिक्षापछि निर्णय सच्चाएका थिए।
लाइपजिगले ६२ अंक जोड्दै तालिकको दोस्रो स्थानको डर्टमण्ड भन्दा एक अंकले पछाडी छ। एजेन्सी
Facebook Comments


























