काठमाडौं, जेष्ठ ३० । शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
यसको संक्रमणका कारण हालसम्म नेपालमा १६ जनाको भने मृत्यु भइसकेको छ।


























