काठमाडौं, जेष्ठ ३० । बैंक तथा वित्तिय संस्था शनिबार तथा सार्वजनिक विदामा पनि खुल्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार तथा सार्वजनिक बिदामा पनि खोल्न निर्देशन दिएको छ। असार मसान्त नजिकिएपछि कर संकलनका लागि राष्ट्र बैंकले विदाका दिनहरुमा पनि बैंकहरुलाई शाखा, काउण्टरहरु एवम क्लियरिङ्ग सम्बन्धी कार्य गर्ने काउन्टर खोल्न निर्देशन दिएको हो।
राष्ट्र बैंकले करदातालाई कर तिर्न सजिलो होस् भनेर जेठ मसान्त (३२ गते) सम्म बैंकका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
सरकारले जेठ २५ गतेसम्म सबै करदातालाई कर तिर्न निर्देशन दिएको थियो। सर्वत्र विरोध भएपछि असार ७ गतेसम्म तिर्न म्याद थप्यो। तर सर्वोच्च अदालतले कर तिर्ने व्यवस्था लकडाउन खुल्ला भएको दिन पछिको ३० दिनभित्र बुझाउँदा हुने व्यवस्था गरेको छ। तर कतिपय व्यवसाय संचालन भएका र सक्ने करदाताले भने कर बुझाई रहेका छन्।


























