काठमाडौं, जेष्ठ ३० । सर्लाही र लमजुङमा मृत अवस्थामा मानिस फेला परेको प्रहरीले जनाएको छ। सर्लाहीको हरिपुर नगरपालिका २ ड्यामको डिलमा सोही नगरपालिका ८ जगतपुर बस्ने ६२ वर्षीय राम जिवन चौधरी बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन्।
लमजुङको दोर्दी गाउँपालिका ४ नयाँबस्तीस्थित दोर्दी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको शव बिहीबार दिउँसो फेला परेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएकोछ।
Facebook Comments


























