काठमाडौं, जेष्ठ २९ । थप १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ८ सय ६१ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
यसको संक्रमणका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ।
Facebook Comments


























