काठमाडौ, जेष्ठ १९ । नेपालमा कोरोना भाइरसका २ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेका छन्। जसमध्ये ३ सय २९ महिला र ४ हजार २ सय ८५ पुरुष छन्।
यसअघि हिजो दुई सय ७९ कोरोना भाइरसका संक्रमित थपिएका थिए। हिजो संक्रमित सख्या ४ हजार ३ सय ६४ पुगेको थियो। यसैगरी, संक्रमितमध्ये महिलाको तुलनामा पुरुषको संख्या १३ गुणाले बढी छ।
Facebook Comments


























