डडेल्धुरा, जेष्ठ २९ । मुसल प्रहार गरेर रोशन राज गिरीले आफ्नै हजुरआमाको हत्या गरेका छन्। धान कुट्ने मुसल प्रहार गरी आफ्नै ७३ वर्षीया हजुरआमा राधा देवी गिरीको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका कुवरगाउँका गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
२४ वर्षिय रोशनले मुसल प्रहार गर्दा गम्भीर घाइते भएकी राधा देवीको उपचारको लागि अस्पतालतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























