चितवन, जेष्ठ २९ । कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउन जारी रहँदा नागरिकस्तरबाट सरकारका कामको विरोध विरोध हुन थालेको छ।
यसैक्रममा भरतपुरको चौबीसकोठीमा पनि बिहीबार शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्नुपर्ने, १० अर्बको हिसाव किताव दिनुपर्ने, पीसीआर प्रविधिबाट परीक्षण गर्नुपर्ने लगायतका माग राख्दै विरोध गरेका हुन्।
भ्रष्टाचारलाई रोक्दै कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने माग उनीहरुको छ।
Facebook Comments


























