जेष्ठ २८ । बलिउड अभिनेता सोनु सूद ककडाउनको समयमा मजदुरलाई राहत बाँढेर सहयोग गरिरहेको छन्। उनको यसै सामाजिक सेवाले अहिले उनी राजनीतिक विवादमा तानेको छ।
शिवसेनाका नेता संजय राउतले सोनुले प्रवासी मजदुरलाई सहयोग गरेको आरोप लगाएका छन्। सोनुले सहयोगको बाटो बनाएर चुनाव प्रचारमा जान लागेको राउतको आरोप छ।
बिजेपीको इरासामा यस्तो काम गरिरहेको राउतको दाबी छ। उनी राजनीतिमा संलग्न हुन लागेको राउतको आरोप छ।
बलिउड अभिनेता सोनुले भने यो आरोपको खण्डन गरेका छन्। उनले आफू राजनीतिमा आउने कुनै योजना नभएको बताएका छन्। ‘म कला क्षेत्रमै सन्तुष्ट छु। अझै मैले गर्नुपर्ने धेरै कुरा छ,’ सोनुले भनेका छन्।
कोरोना संक्रमणमा उनले गरेको सेवालाई सबैले प्रशंसा गरिरहेको छन्।
Facebook Comments


























