काठमाडौं, जेष्ठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण, न्यूनीकरणमा भ्रष्टाचार नभएको बताएका छन्।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने प्रष्ट पारेका छन्।
उनले अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब देखाइने पनि बताए।
महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने र कहीँकतै भ्रष्टाचार भयो भनेर आशंकित नहुने पनि आग्रह गरे।
Facebook Comments


























