बुटवल, जेष्ठ २८ । रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।
कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरको छतमा सुुतिरहेका सुुदीपलाई बाबुले बन्चरोले हानेका थिए। घाइते भएका सुुदीपलाई बुधबार बिहान तीन बजे लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरिएको हो।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्स्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुरलाई पक्राउ गरेको जानकारी दिए।
घटनाको कारण खुल्न सकेको छैन। रिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए।
मंगलबार मात्रै रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारको एक पशु फर्ममा काम गर्ने पाँच जनाको हत्या भएको थियो।
Facebook Comments


























