भारत, जेष्ठ २८ । भारतको तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागानको कोरोनाका संक्रमणका कारण मृत्यु भएको छ।
उनको चेन्नईस्थित एक अस्पतालमा ज्यान गएको हो।
उनलाई भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका व्यक्ति हुन्। एजेन्सी
Facebook Comments


























