धनुषा, जेष्ठ २८ । धनुषामा मंगलबार मध्यराति एक युवकको गोली हानी हत्या भएको छ।
सबैला नगरपालिका ७ का २५ वर्षीय अरुण मण्डललाई मध्यराति घरबाहिर बोलाएर गोली हानी हत्या भएको हो।
प्रदेश नं. २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहका अनुसार मण्डललाई घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको पाइएको छ।
‘मण्डलको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी हत्या गरेको पाइएको छ, घटनाको थप अनुसन्धान गरिरहेका छौं,’ डीआइजी सिंहले भने।
Facebook Comments


























