काठमाडौं, जेष्ठ २७ । अभिनेता राजेश हमाल ५६ वर्ष पुगेका छन्। सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालको आज परेको जन्मदिन दिनको उपलक्षयमा उनलाई विभिन्न माध्यमबाट शुभकामना आइरहेको छ। स्व.दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय करियर सुरु गरेका हमाल नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा पर्दछन्।
बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन्। सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय फिल्म अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गर्दछन्।
Facebook Comments


























