काठमाडौं, जेष्ठ २७ । मंगलबार पनि सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ७०० तोकेको छ। जुन हालसम्म कै उच्च हो। हिजो सुनको मुल्य मुल्य प्रतितोला रु ८७ हजार ५०० तोकिएको थियो।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ। आज चाँदीको मुल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला ९३० रुपैयाँमा नै हुनेछ।
Facebook Comments


























