काठमाडौं, जेष्ठ २५ । आइतबार थप १ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६७ पुगेका छन्। हालसम्म १३ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments

























