काठमाडौं, जेष्ठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन्।
डा. गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ताको जिम्मेवारी दिइएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए। यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख रहेका डा. गौतम केही दिनअघि मात्रै मन्त्रालयमा सरुवा भएर आएका हुन्।
मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।
Facebook Comments


























