जेष्ठ २५ । अभिनेत्री कटरीना कैफ र अभिनेता रणवीर सिंह पहिलो पटक काँचको पर्दामा एकसाथ देखिने भएका छन्। अनटाइटल प्रोजेक्टको जोया अख्तरले निर्देशन गर्दैछिन्। यो फिल्म गर्न रणवीरले स्वीकृति जनाइसकेका छन्। फिल्ममा कटरीना ‘गल्ली ब्वाई’ स्टारको अपोजिटमा देखिनेछन्। यो फिल्म एक ग्यांगस्टर ड्रामा हुनेछ। यसमा दुवैको चरित्र इन्ट्रेस्टिङ हुने बताइएको छ।
यसअघि निर्देशक कबीर खानको फिल्म ‘८३’ मा सबैभन्दा अगाडि रणवीर सिंहको अपोजिटमा कटरीनालाई अनुबन्ध गरिएको थियो। तर, पछि दीपिका पादुकोणले उनलाई रिप्लेस गरिन्। अब भने पहिलो पटक रणवीर र कटरीनालाई अनस्क्रिन रोमान्स गर्दै देख्न पाइने भएको छ। जोया अख्तरले ‘दिल धडकने दो’ र ‘गल्ली ब्वाई’ पछि तेस्रो पटक रणवीरसँग काम गर्न लागेकी हुन्।
भारतीय मिडियाका अनुसार, फिल्म ‘८३’ प्रदर्शनमा आएपछि मात्र रणवीरले जोया अख्तरको फिल्ममा काम गर्नेछन्। रणवीरसँग तेस्रो पटक काम गर्न लागेकी निर्देशक जोयाको अभिनेत्री कटरीना मिल्ने साथी हुन्। जोयाले कथा सुनाउने वितिक्कै कटरीनाले फिल्म गर्न स्वीकृति जनाएकी थिइन्। रणवीरसँग पहिलो पटक काम गर्न लागेकोमा कटरीना उत्साहित देखिएकी छन्।


























