बुटवल, जेष्ठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुनलाई ३ लाख घुससहित पक्राउ गरेको छ।
वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ।
सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
Facebook Comments


























