जेष्ठ २४ । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदै छ।
दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चीनीयाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ। उनीहरबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ। एजेन्सी
Facebook Comments


























