जेष्ठ २४ । बिद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको फ्रान्सले बताएको छ।
आफ्ना सैनिकले मालीमा गरेको कारवाही अभियानको क्रममा उनी मारिएको फ्रान्सको भनाई छ।
मालीको उत्तरमा बुधबार भएको कारवाही अभियानको क्रममा अब्देलमालेकसँग उनको निकट सर्कलका नेताहरु मारिएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ।
यस्तै गएको मे मा भएको सुरक्षा अपरेशनको क्रममा फ्रान्सेली सेनाले इस्लामिक स्टेटका एक शीर्ष नेतालाई पनि पक्राउ गरेको मन्त्रालयको बताएको छ।
पक्राउ पर्ने आइएस नेताको नाम मोहम्मद मराबत रहेको जनाइएको छ। मालीमा फ्रान्सेली सेनाले बिद्रोही विरुद्ध त्यहाँको सेनासँग मिलेर कारवाही अभियान चलाइरहेको छ। एजेन्सी
Facebook Comments


























