जेष्ठ २२ । बलिउडका धेरै कलाकारहरुको एक अर्काको सम्बन्ध निकै राम्रो छ। तर बलिउडमा यस्ता कलाकार पनि छन् जुन लामो समयदेखी एक अर्कामा कोलेका पनि छैनन्। यस्तै बलिउड अभिनेत्री श्रदा कपुर र अभिनेत्री आलिया भट्ट पनि एक अर्कामा बोल्दैनन्।
उनीहरुबीच विभिन्न कारणले बोलचाल छैन। भारतिय मिडियाका अनुसार उनीहरु एक अर्कामा नबोल्नुको कारण अभिनेता सिदार्थ रहेको बुझिन्छ। मिडियामा आलियालाई श्रद्धा र सिदार्थको नजिकपन मन नपरेका कारण श्रद्धा र आलियाको सम्बन्ध बिग्रीएको बताइएको छ।
श्रद्धा र सिद्धार्थलाई एक नयाँ फिल्मको अफर आएपछि आलियाले सिद्धार्थलाई श्रद्धासँग फिल्ममा नखेल्न भनेकी थिइन्। तर फिल्म एक भिलेनमा दुवैको सम्बन्ध बढ्न सक्ने सम्भावनाले गर्दा आलिया श्रद्धासँग नबोलेको बताइन्छ। एजेन्सी
Facebook Comments


























