जेष्ठ २१ । चीन र भारतबीच सीमानाका विषयमा तनाव चुलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ।
करिव २५ मिनेट लामो फोन वार्तामा ट्रम्पले भारत र चीनबीच सीमा विवादले बढेको तनाबका विषयमा चासो राखेको बताइएको छ।
त्यस अतिरिक्त राष्ट्रपति ट्रम्पले मोदीलाई जी-७ वैठकमा सामेल हुन पनि निम्तो दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
दुवै नेताले अमेरिकामा भएको हिंसा, कोरोना भाइरसको महामारी र डब्ल्युएचओमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० को महत्वलाई कम गर्न जी ७ लाई विस्तार गर्ने योजनामा छन्। जी-७ मा भारतसहित रुस, साउथ कोरिया र अष्ट्रेलियालाई सामेल गराउने योजनामा ट्रम्प छन्।
चीन र अमेरिकाकाबीचको सम्बन्ध खराव भइरहेको बेला उनले मोदीसंग फोन वार्ता गर्दै जी-७ मा भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका हुन्। मोदीले निम्तोका लागी धन्यवाद दिंदै मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।


























