काठमाडौं, जेष्ठ १७ । लकडाउनकै बीचमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छपाईको कामलाई निरन्तरता दिएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव पाठ्यपुस्तक छपाईमा परेपनि काम भने निरन्तर भइरहेको केन्द्रका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिए।
‘कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन,’ उनले भने, ‘अघिल्लो वर्षको विक्रिदर अनुसार छपाईको काम सकिएपनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार छपाईको काम भइरहेको छ।’
यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य केन्द्रको छ। लक्ष्यअनुसार अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको आचार्यले बताए। ‘कक्षा ६, ७ र ८ का पुस्तक छपाईको काम बाँकी छ,’ आचार्यले भने।
जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ। आगामी १५ दिनभित्रमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको आचार्यले बताए।
जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक छपाईको काम गर्दै आएको छ। कक्षा एकदेखि चारसम्मको पाठ्यपुस्तक छपाइएको जिम्मा भने सरकारले निजी क्षेत्रलाई दिएको छ।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






