काठमाडौं, जेष्ठ १५ । चर्चित गीतकार रत्न शमशेर थापाको निधन भएको छ।
उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो। हितैषी, अर्थविद तथा गीतकार विश्वम्भर प्याकुरेलले नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाको बिहीबार दिउँसो निधन भएको जानकारी दिए।
थापाका घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै (सीमाना फिल्म) जस्ता कालजयी गीत लेखेका छन्।
Facebook Comments


























