जेष्ठ १४ । बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ। रुसमा घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएको हो।
रुसी अधिकारीहरुले संक्रमण पुष्टि भएपछि बिरालोलाई क्वारेन्टाइनमा राखिएको जनाएका छन्। बिरालोका मालिकलाई बिरालोमा कारोना संक्रमणको शंका लागेको कारण बिरालोको पिसिआर परिक्षण गर्न गएका थिए।
बिरालो वा अन्य जनावरको संक्रमण पत्ता लगाउने पिसिआर माध्यम नै हुने गर्दछ। बिरालोको स्वाब परिक्षण गर्दा संक्रमण देखापरेको हो। मानिसबाट मानिसमा सर्ने संक्रमण रहेको कोरोना भाइरस जनावरबाट मानिसमा सर्ने कुनै प्रमाण नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। बिरालोमा देखिएको संक्रमण जन्मजात बिरालोमा हुन सक्ने अनुमान लगाइएको छ। संक्रमित जनावरको समेत परिक्षण गर्न नयाँ उपाय र किटको व्यवस्था समेत मिलाइएको छ। हालै जनावरहरुमा ठूला मात्रामा अनुसन्धान आवश्यक नरहेको डब्लूएचओले स्पष्ट गरेको छ।


























