काठमाडौं, जेष्ठ १३ । नेपालमा मंगलबार ४३ जना कोरोना संक्रमित उपचार पश्चात संक्रमणममुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
नारायणी अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।
डिस्चार्ज हुनेमा दुई महिला र ४१ जना पुरुष रहेका छन्।
यससँगै कोरोना संक्रमणममुक्त भई डिस्चार्ज हुनेको संख्या १ सय ५५ पुगेको छ।
Facebook Comments


























