जेष्ठ १३ । बेलायतमा १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा छुट सम्बन्धी नयाँ निर्देशन दिँदै १५ जुनबाट खुद्रा पसलसमेत खोल्न सक्ने बताएका छन्।
उनले दोकान सरसफाई गर्न तथा सामाजिक दूरी कायम राख्न आग्रह गरेको बीबीसीले जनाएको छ। उनले आउट डोर मार्केट र गाडीका शोरुम १ जुनबाट खुल्ने छन्।
बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२१ जनाको मृत्यु भएको छ। बेलायतमा हालसम्म ३६ हजार ९१४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ।
Facebook Comments


























