काठमाडौं, जेष्ठ १३ । प्रतिनिधि सभाको बैठकमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने भएको छ।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।
आजकै बैठकमा संविधान संशोधन विधेयकका विषयमा छलफल हुने बताइए पनि अहिलेसम्म कार्यसूचिमा नराखिएकाले त्यसबारे छलफल हुने सम्भावना कम रहेको बताइएको छ।
सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।
Facebook Comments


























