चितवन, जेष्ठ १२ । चितवनको भरतपुर अस्पतालमा आईसीयूमा रहेका एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूष रहेका छन्। बिरामीलाई आइतवार राति बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर गरि भरतपुर अस्पतालमा ल्याइएको थियो। उनको राति ३ बजे नै मृत्यु भएको जनाइएको छ।
अस्पतालका अनुसार उक्त बिरामीलाई निमोनियाको समस्या देखिएको बताइएको छ। उक्त बिरामीको कोरोना परिक्षण भने नगरिएको र पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
Facebook Comments


























