काठमाडौं, जेष्ठ ११ । कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणमुक्त हुनेको संख्या ८७ पुगेको बताए।
उनका अनुसार पर्साको नारायणी अस्पतालबाट कोरोना संक्रमण देखिएका उपचारर सातजना डिस्चार्ज भएका छन्। जसमा बारा, पर्सा र रौतहतका कोरोना संक्रमण देखिएका संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी बुटवलका धागो कारखानामा रहेका १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। प्रवक्ता देवकोटाले भने, “आज थप १७ जनाले कोरोना संक्रमण संक्रमणमुक्त भएर घर गएका छन्।”
हालसम्म कोरोना संक्रमण देखिनेको संख्या ६०३ पुगेको छ। नेपालमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज देशैभरका विभिन्न अस्पतालमा ५ सय १३ जना उपचाररत छन्।
Facebook Comments


























