चितवन, जेष्ठ ११ । क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिबाना गराएको छ।
राप्ती नगरपालिका ३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।
उहाँका अनुसार बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा रहेका आफन्तलाई घरेलु रक्सी पुर्याउने जाने क्रममा थपलियालाई गएको जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो। प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ।
Facebook Comments


























