जेष्ठ १० । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेल हुँदैछ।
बुन्डेसलिगामा शनिबार शीर्ष स्थानको वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्।
लिग लिडर वायर्नले घरेलु मैदानमा फ्रान्क्फर्टसँग खेल्नेछ। खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ।
घरेलु मैदानमा जित निकाल्दै वायर्न उपाधि होड बलियो बनाउन चाहन्छ। वायर्नले २६ खेलमा ५८ अंक जोडेको छ। २८ अंक जोडेको फ्रान्क्फर्ट १३ औं स्थानमा रहेको छ।
यस्तै दोस्रो स्थानको डर्टमण्डले वुल्फवर्गको सामना गर्दैछ। खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।
डर्टमण्ड घरेलु टोलीलाई स्तब्ध पार्दै शीर्ष स्थानको वायर्नलाई दबाबमा राख्न चाहन्छ।
दोस्रो स्थानको डर्टमण्ड वायर्न भन्दा ४ अंकले पछि रहेको छ। डर्टमण्डको ५४ अंक रहेको छ। ३९ अंक जोडेको वुल्फवर्ग छैटौं स्थानमा रहेको छ।
अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेईवर्ग र वेर्डर ब्रेमेन तथा पाडेरबर्न र होफेनहाइमबीच खेल हुनेछ। एजेन्सी


























