जेष्ठ ८ । कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ।
अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन्। राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खोल्न दिने भन्ने नियम फरक रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।
लकडाउन खुकुलो पार्न सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले ६० पृष्ठको निर्देशिका जारी गरेपछि त्यसैका आधारमा राज्यहरूले लकडाउन खुकुलो बनाएका हुन्।
कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ९४ हजारभन्दा बढीको मृत्यु भएको छ।
Facebook Comments


























