काठमाडौं, जेष्ठ ८ । काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन्।
खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
Facebook Comments

























